Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान


चितवन। नेपाली कांग्रेस चितवनले यही माघ १३ गतेदेखि समुदायमा कांग्रेस अभियान सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्णयानुसार चितवनमा ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको हो ।

माघ १३ देखि २६ गतेसम्म कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्न लागिएको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिएका छन् । उक्त जिल्लामा तोकिएका केन्द्रीय प्रतिनिधि डा. गोविन्दप्रसाद पोख्रेलको उपस्थितिमा जिल्ला कार्यसमितिको विस्तारित बैठक बसी ‘समुदायमा कांग्रेस’ अभियानको प्रारुप तयार गरिने खनालले बताए ।

सो अभियानलाई सार्थकरूपमा सफल पार्न जिल्लास्थित पालिकाको प्रत्येक वडामा नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला पदाधिकारी र प्रत्यासी तथा जिल्लास्तरका वर्तमान एवं पूर्वनेतृत्वलाई वडा प्रतिनिधिका रूपमा खटाइने उनले जानकारी दिए ।

यस अभियानअन्तर्गत चितवनका सात पालिकाका ९८ वटै वडामा खुला छलफल तथा बहस कार्यक्रम राखी नागरिकको गुनासो सुन्ने र सुझाव सङ्कलन गरिने छ भने अभियानकै क्रममा विकास निर्माण आयोजना, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालय लगायत जनसरोकारका कामकारबाहीको अवलोकन गरिनेछ ।

कांग्रेसलाई जनतासँग जोड्ने एवं पार्टी र जन प्रतिनिधिबीचमा समन्वय र सहजीकरणका लागि पार्टीका वडा सभापतिलगायत तीन जना निर्वाचित वडाध्यक्ष वा अध्यक्षको उम्मेदवारलगायत तीन र पार्टीका शुभेच्छुक दुई गरी आठ जनाको संयन्त्र निर्माण गरिने खनालले बताएका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?