Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

आहारारा पोखरा गोल्डकपः आज मच्छिन्द्र र जावलाखेल भिड्दै


काठमाडौं। पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच हुँदै छ । उक्त खेल साढे २ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ ।

आहाराराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टिम उपाधिविहीन छन् भने मच्छिन्द्रले ५ र जावलाखेल युथ क्लबले तीन पटक भाग लिएका छन् । आहारारामा मच्छिन्द्रको यो छैंटौं सहभागिता हो । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३-१ ले पराजित हुँदै बाहिरिएको थियो ।

त्यस्तै, ११औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो भने उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २-१ ले पराजित भएको थियो । १२औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १-० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो ।

जावलाखेलको टोलीमा राष्ट्रिय टोलीका छिरिङ लामा, सुदीप गुरुङसहित समावेश छन् । विश्वकप एसिया छनोटको प्रारम्भिक छनोटमा परेका आशिष देउला पनि जावलाखेलबाटै खेल्दैछन् । त्यस्तै, मच्छिन्द्रले पनि २ जना विदेशी खेलाडीसहित अधिकांश राष्ट्रिय टोलीका अनुभवी खेलाडीलाई मैदान उतार्दैछ । मच्छिन्द्रबाट यसपटक राष्ट्रिय टिमका सनिष श्रेष्ठ, आशिष चौधरी, उत्सव राई, छिरिङ लामा, मनिष डाँगी खेल्दैछन् । मच्छिन्द्रको प्रशिक्षक सन्तोष न्यौपाने छन् ।

सेसेहाङ लिम्बु, विमल घर्तिमगरसमेत पनि मच्छिन्द्रबाटै खेल्दैछन् । सेसेहाङ हालैमात्र विभागीय आर्मी छोडेर मच्छिन्द्रमा अनुबन्ध भएका हुन् । त्यस्तै, सनिष श्रेष्ठ विभागीय टिम एपीएफबाट आएका हुन् भने आशिष चौधरी चर्च ब्वाइजबाट आएका हुन् । आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ र माघ १५ गते मनाङमर्स्याङ्दीसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ ।

यसअघि प्रिक्वार्टरका २ खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २-१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १-० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेका छन् ।


प्रकाशित मिति: ११ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?