Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

गलतविरुद्ध विद्रोह र असहमति जरुरी छः डा.शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गलत कामका विरुद्ध विद्रोह र असहमति जरुरी रहेको बताएका छन् । कृष्णप्रसाद कोइराला स्मृति परिषदले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेताहरु वा शासकहरुले गलत गरिरहेका छन् भने बीपी कोइरालाले भनेजस्तो विद्रोह र असहमति राख्नुपर्ने बताएका हुन् ।

कृष्णप्रसाद कोइरालालाई स्मरण गर्दै उनले भने, ‘कृष्णप्रसाद कोइरालाले राणाकालमा चन्द्र शम्शेरलाई फाटेको दौरा सुरुवाल र टोपी पठाउनुभयो । त्यो असहमति वा विद्रोहको नमुना थियो । पैसा कमाएर मात्र नहुने रहेछ र समाजका लागि केही गर्नुपर्छ भन्ने सन्देश थियो । त्यसैले म भन्छु गलत गरिरहेका छौं भने असहमति र विद्रोह जरुरी छ ।’

२०६२–०६३ को जनआन्दोलन पनि तत्कालीन राजा ज्ञानेन्द्रको गलत कदमको प्रतिफल रुवरुप विद्रोह भएको उल्लेख गर्दै डा.कोइरालाले जनआन्दोलनबाट प्राप्त भएको संविधान र संघीय गणतन्त्रलाई जनताका घर घरमा पुर्याउन जरुरी रहेको बताए ।

‘संघीयता शासन व्यवस्था भनेको केन्द्रीकृत शासन चलाउनु होइन । संघीयता वा संविधानले दिएको अधिकार जनताको घर घरमा पुर्याउनुपर्छ भनेको हो । शुसासन कायम गर्नुपर्छ भनेको हो । तर नेपालमा त भ्रष्टाचार र दण्डहीनता बढेको बढ्यै छ । जवाफदेयी कोही छैन्, पारदर्शी छैन्,’ कोइरालाले अगाडि भने,‘लोकतन्त्र गणतन्त्र राम्रो छ भनेर मात्र हुँदैन । गणतन्त्रलाई राम्रो बनाउन चाहीं सक्नुपर्छ ।’

आर्थिक, सामाजिक, धार्मिक सबै कुरा ठिक ढंगले नसकेको औल्याउँदै डा.कोइरालाले सरकारले विकासको गति दिन नसकेको बताए । बैंकहरुको व्यवहार र विकासको गति ठिक नभएकोप्रति उनको आक्रोश थियो ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई ‘पिताजी कृष्णप्रसाद कोइराला स्मृति सम्मान २०८०’ प्रदान गरिएको थियो । कार्यक्रममा मोरङ कांग्रेसका कार्यवाहक सभापति भक्ती माझी, बिराटनगर महानगरका मेयर नागेश कोइराला, नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य महेश रेग्मी, प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, डिएलएका निबर्तमान अध्यक्ष योगेन्द्र अधिकारी, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्शका महासचिव नरेश श्रेष्ठ, परिषदका अध्यक्ष कविराज न्यौपानेलगायत उपस्थित थिए ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?