Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

प्रधानमन्त्री कपः कोशी प्रदेशले कर्णाली प्रदेशलाई दियो एक सय ५२ रनको चुनौती


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि एक सय ५२ रनको लक्ष्य दिएको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो । कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेले । उनले टोलीका लागि ७३ रनको योगदान गरे भनेआक्रामक रूपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए ।

त्यस्तै, तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराई ११ रन बनाउँदै पभेलियन फर्किएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सौजन घिमिरेले १२ रन जोडे । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् भने दुवै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । ओपनर सोनु अन्सारी आठ र कप्तानसमेत रहेका अंकित सुवेदी चार रनमै आउट भए । शुभन गहतराजले त खातासम्म खोल्न सकेनन् । फिरदोष अन्सारी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । समीर कार्की पनि ६ रनमै आउट भए । अभ्यास तिमिसिनाले नौ रन बनाए ।

कोशी प्रदेशले अतिरिक्त रूपमा पनि २२ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । प्रकाश जैसीले पनि तीन विकेट हात पारे । दिवान पुनले दुई विकेट लिए ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?