Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

कर्णालीको समृद्धिका लागि व्यावसायिक कृषिलाई जोड दिऔँ: मुख्यमन्त्री शर्मा


काठमाडौं। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् ।

‘कर्णालीमा जल जमिन, जङ्गल, जडीबुटी रहेको छ भने कृषिलाई व्यावसायिकीकरण गर्ने हो भने कर्णालीको समृद्धि सम्भव छ,’ उनले भने, ‘भौगोलिक अवस्था अनुसार कृषि पशुपालन र वनमा आधारित व्यावसायिक कार्यले मात्र रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसबाट आर्थिक विकासमा योगदान पुग्छ ।’

उक्त प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीमा मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने व्यावसायिक प्रयोगले जनताको जीवनस्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्त्वपूर्ण रहने बताएका छन् । उनले माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले किसानलाई आफ्नो पेशा प्रति निराश हुन नदिने बताए । उनले कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा बिस्तारै देखिँदै गएको समेत दाबी गरेका छन् ।


प्रकाशित मिति: ९ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?