Trending
>>   रास्वपाको केन्द्रीय समिति बैठक शनिवार बस्दै >>   आजको मौसम : यी चार प्रदेशमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २३ गते शुक्रबार, हेर्नुहोस आजको राशिफल >>   रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी >>   कांग्रेस सभापति शेरबहादुर देउवाद्वारा छठ पर्वको शुभकामना >>   कसरी भयो छठ मनाउने प्रचलनको थालनी? >>   प्रधानमन्त्री ओलीद्वारा छठ पर्वको शुभकामना >>   छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल >>   आजको मौसम : यी तीन प्रदेशमा वर्षाको सम्भावना >>   आज मिति २०८१ साल कार्तिक २२ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास


धनुषा। मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँचसय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ ।

राम मन्दिरको प्राण प्रतिष्ठाका लागि जानकी मन्दिरकोतर्फबाट चाँदीका धनुष वाणलगायत सुनचाँदीका विभिन्न गहना, लत्ताकपडा, फलफूलसहित एक हजारभन्दा बढी भार अयोध्या पठाइसकेको छ भने आज साँझ जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने भएको छ ।

त्यस्तै, यतिखेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन बनेको छ । अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राण प्रतिष्ठालाई लिएर मधेस प्रदेशको राजधानी भगवान् रामको ससुराली जनकपुरधामसहित मधेसका अधिकांश मठमन्दिर रङरोगन गरेर चिटिक्क बनाइएको छ भने जताततै राम र हनुमान अङ्कित झन्डा झुन्ड्याइएका छन् ।

त्यसैगरी, राम मन्दिरको प्राण प्रतिष्ठाका दिन एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती गरिने तयारी गरिएको जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीतेन्द्र साहले जानकारी दिएका छन् भने आज उत्सवका रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको उद्घाटनका दिन दुवै मुलुकका लागि विशेष भएकाले दीप बाल्न तथा उत्सवमा उपस्थित हुन सबैमा आग्रह समेत गरिएको छ ।

त्रेतायुगमै नेपाल र भारतको सांस्कृतिक सम्बन्ध जोडिएको र सोही सम्बन्धका कारण अयोध्यामा उत्सव छाएकाबेला नेपाल पनि उल्लासमय बनेको बताइएको छ । “त्रेतायुगमा राम र सीताको वैवाहिक सम्बन्धले दुई देशलाई एक सूत्रमा बाँधेको छ, जसको उदाहरण रामललाको प्राण प्रतिष्ठाको अवसर हो”, जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशणदास वैष्णव भन्छन्, “भगवान् रामको मन्दिर अयोध्यामा पाँच सय वर्षपछि निर्माण हुनु र रामललाको प्रतिमाले प्राण प्रतिष्ठा पाउनु सबै सनातनी हिन्दू धर्मावलम्बीका लागि गौरवको कुरा हो र यस अवसरमा जति धेरै उत्सव मनाइन्छ त्यो कम नै हुन्छ ।”

जनकपुरधाम उपमहानगरपालिकाले पनि भगवान् रामको प्राण प्रतिष्ठा हुने दिन सनातनी हिन्दू धर्मावलम्बीका लागि विशेष दिन भएकाले पालिकाभित्र माछा, मासु, मदिरा बिक्रीवितरण नगर्न सबैमा अपिल गरेको छ भने घरघरमा दीप बालेर खुसियाली मनाउन नगर प्रमुख मनोज साहले सबैलाई आग्रह गरेका छन् ।

आज सार्वजनिक बिदा दिन माग गर्दै जानकी मन्दिरका उत्तराधिकारी रामरोसन दासले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाएका छन् । सो ज्ञापनपत्रमाथि अहिलेसम्म कुनै निर्णय नभएको मुख्यमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।

सयौँ वर्ष लामो प्रतीक्षापछि भगवान् रामको मन्दिर निर्माण भएको खुसियालीमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, क्षीरेश्वरनाथ, सहिदनगर, औरहीलगायत मधेस प्रदेशका दुई दर्जनभन्दा बढी स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?