Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना


मङ्गलबारे। इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल–भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।
उक्त केन्द्रको स्थापनाले पर्यटक लिएर नेपाल प्रमाणका लागि प्रवेश गर्ने सवारीसाधन पशुपतिनगर नाका हुँदै आउँदा सडकको पटके कर तिर्न इलाम वा झापा पुग्नुपर्ने बाध्यता हटेको छ । सो नाका भएर नेपाल प्रवेश गर्ने सवारीसाधनबाट वार्षिक करिब रु डेढ करोडभन्दा बढी राजस्व सङ्कलन हुने अपेक्षा गरिनाका साथै नेपाल आउने पर्यटक तथा सवारी व्यवसायीलाई सहज हुने यातायात व्यवस्था कार्यालयका प्रमुख छविलाल खतिवडाले बताएका छन् ।
त्यस्तै, पशुपतिनगर नाका भएर दैनिक एक सयभन्दा बढी भारतीय सवारीसाधनमा पर्यटक नेपाल भित्रिने गरेको बताइएको छ भने कर सङ्कलन केन्द्रबाट विशेषगरी भारतीय सवारीसाधनलाई सुविधा भएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए ।
कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईसमक्ष उद्योग वाणिज्य सङ्घले कर सङ्कलन केन्द्र स्थापनाका लागि पहल गरेपछि कार्यालय स्थापना भएको बताइएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?