Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

झापामा एक महिला मृत फेला, हत्या भएको आशङ्का


काठमाडौं। झापाको अर्जुनधारामा एक जना महिलाको हत्या भएको छ । अर्जुनधारा नगरपालिका-६ महानन्द चोकभन्दा केही पश्चिममा हत्या भएको अवस्थामा ५० वर्षीय माया मगरको शव सोमबार फेला परेको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा ढुंगा प्रहार गरिएको अनुमान प्रहरीको छ भने टाउकोमा गम्भीर चोट रहेको प्रहरीले जनाएको छ । सो महिलाको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेका थिए । प्रहरी टोली पुगेर प्रारम्भिक अनुसन्धान गरेपछि उनको हत्या भएको अनुमान गरिएको हो । उक्त घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालयको टोली विशेष तालिमप्राप्त कुकुर प्रयोग गरी खटिएको छ ।

उनको हत्या किन र कसले गरेको हो भन्ने खुलिसकेको छैन । प्रहरीले उक्त घटनासँग सम्बन्धित स्थान र आसपासका बासिन्दाहरुसँग सोधपुछ गरी अनुसन्धान अघि बढाएको छ ।

त्यस्तै, प्रहरीका अनुसार इलमको माई नगरपालिका–१ माइती घर भएकी उनी झापाको बिर्तामोडमा बस्दै आएकी थिइन् ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?