Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

काठमाडौंमा चिनियाँ तस्बिर प्रदर्शनी


काठमाडौं। नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ भने बोर्ड परिसरमा भएको फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

त्यस्तै, चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको उल्लेख गर्दै तस्बिर प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको जानकारी दिँदै तस्बिर प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल चीन ‘फ्रेन्डसीप फोरम’ का अध्यक्ष डा. कल्याणराज शर्मा, नेपाल एशोसिएसन अफ  र्‍ याफ्टिङ एजेसिन्ज् (नारा) का अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासङ्घ नेपालका अध्यक्ष हरिप्रसाद रेग्मीलगायतले यस प्रकारको तस्बिर प्रदर्शनी दुवै देशमा आयोजना गर्न सुझाए । ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?