Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

काठमाडौंमा चिनियाँ तस्बिर प्रदर्शनी


काठमाडौं। नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी प्रदर्शनी सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासङ्घको समन्वय तथा चीनको प्रान्तको सान्दोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एशोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ भने बोर्ड परिसरमा भएको फोटो प्रदर्शनीमा सान्दोेङ प्रान्तका विभिन्न ६० वटा तस्वीर राखिएका छन् ।

त्यस्तै, चिनियाँ नयाँ वर्षका अवसरमा आयोजना गरिएको उक्त फोटो प्रदर्शनीको उद्घाटन गर्दै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपाल र चीनबीच लामो धार्मिक तथा सांस्कृति सम्बन्ध रहिआएको उल्लेख गर्दै तस्बिर प्रदर्शनीले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर से यूले सान्दोङ सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण प्रान्त रहेको जानकारी दिँदै तस्बिर प्रदर्शनीका माध्यमबाट दुई देशबीचको सम्बन्ध थप सुमधुर बन्नुका साथै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा नेपाल चीन ‘फ्रेन्डसीप फोरम’ का अध्यक्ष डा. कल्याणराज शर्मा, नेपाल एशोसिएसन अफ  र्‍ याफ्टिङ एजेसिन्ज् (नारा) का अध्यक्ष शिव अधिकारी, बिन्जु फोटोग्राफी एशोसिएसनका अध्यक्ष लि ज्याङ मिङ, फोटो पत्रकार महासङ्घ नेपालका अध्यक्ष हरिप्रसाद रेग्मीलगायतले यस प्रकारको तस्बिर प्रदर्शनी दुवै देशमा आयोजना गर्न सुझाए । ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?