Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

विपन्न बस्तीमा गृहकार्य कक्षा सञ्चालन गर्दै खैरहनी


चितवन। खैरहनी नगरपालिकाले विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी गृहकार्य कक्षा सुरुआत गरेको छ । विपन्न बस्तीका बालबालिकालाई बिहान र बेलुकाको समयमा नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा गृहकार्य कक्षा सञ्चालन हुन थालेको हो ।

नगर प्रमुख शशिकुमार खनियाँले गृहकार्य कक्षा सञ्चालनबाट घरमा अध्ययन गर्ने वातावरण मिलाउन कठिन विपन्न बस्तीका बालबालिकालाई बिहान बेलुका शिक्षकको सहयोगमा गृहकार्य गर्ने र नयाँ कुरा सिक्ने अवसर प्रदान गरिएको बताएका छन् ।

उक्त नगरपालिकाभित्रका विभिन्न २८ स्थानमा सञ्चालन हुने गृहकार्य कक्षामा विपन्न परिवारका सात सय ८४ बालबालिका सहभागी हुने नगरप्रमुख खनियाँले बताए। ती स्थलमा समयको व्यवस्थापन गरेर बस्तीमा नै शिक्षक पुगेर नियमित गृहकार्य कक्षा सञ्चालन गर्नेछन् ।

त्यस्तै, कक्षा सञ्चालनका लागि पढाउने ठाउँ नगरपालिकाले नै व्यवस्थापन गर्नेछ । उनले भने, “बालबालिकको पहिलो विद्यालय भनेकै आफ्नो घर हो, विपन्नताका कारण अभिभावकले बालबालिकालाई समय दिन नसक्ने अवस्थालाई सम्बोधन गर्दै बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्न हामीले गृहकार्य कक्षा सञ्चालन गरेका हौँ ।” घरमा पढ्ने ठाउँ व्यवस्थित नभएका बस्तीमा कार्यक्रम सञ्चालन गरिने र यसले पढ्ने बानीको विकास गराउने प्रमुख खनियाँको विश्वास व्यक्त गरेका छन् ।

गृहकार्य कक्षा सञ्चालन गर्ने शिक्षकले बालबालिकालाई विद्यालयबाट प्रदान गरिएको गृहकार्य गर्न र बालबालिकालाई अप्ठ्यारो लाग्ने विषय सिकाउन सहयोग गर्ने व्यवस्था गरिएको नगर उपप्रमुख कविता उप्रेतीले बताएकी छन् ।

उनले गृहकार्य कक्षामा सहभागी हुने बालबालिकालाई नगरपालिकाबाहेक अन्य क्षेत्रसँगको समन्वय गरेर शैक्षिक सामग्री वितरण गर्ने योजना रहेको बताएकी छन्।

उक्त नगरपालिकाले कार्यविधि बनाएर गृहकार्य कक्षा सञ्चालन गरेको र यसका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?