Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सोमबार ३१.४९ अंकले घट्यो नेप्से परिसूचक


काठमाडौं। नेप्से परिसूचक सोमबार ३१.४९ अंक घटेर बन्द भएको छ । आइतबार २५.६३ अंकले घटेको बजार दुई दिनमा ५७ अंक घटेको छ । समग्र बजार १.४७ प्रतिशतले घटेर २०९८.६९ विन्दुमा बन्द भएको छ । यसदिन ६ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको कारोबार भएको छ । यो कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका १३ समूहमध्ये व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । व्यापार समूहको परिसूचक ०.३५ प्रतिशतले वृद्धि भएको छ ।

३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २०९ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ । घटेको बजारमा अपर स्याङगे हाइड्रोपावर कम्पनी र मिड सोलु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सो समूहको परिसूचक २.२४ प्रतिशतले घटेको छ ।

 


प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?