Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

विदेशी लगानीका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालन


२९ फागुन, काठमाडाैँ । प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मङ्गलबारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।

उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरूपता हुने अपेक्षा गरिएको उक्त कार्यालयले जनाएको छ ।

कम्पनी रजिष्ट्रार महेश बरालले नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिकामा निर्वाह गर्ने अपेक्षाले छुट्टै डेस्क सञ्चालनमा ल्याइएको बताए ।

उक्त डेस्कले कम्पनीको प्रस्तावित नामलाई छोटो माध्यमबाट स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार पारी पेस गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण गर्नेछ । डेस्क स्थापना पश्चात् प्रत्यक्ष विदेशी लगानी भएका कम्पनी दर्ता एवं विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताका लागि दस दिनभित्र काम सम्पन्न हुने कार्यालयले जनाएको छ ।

कार्यालयले अनलाइनमार्फत आफूँ सम्वद्ध कम्पनीको विवरण प्रविष्ट गर्दा प्रत्यक्ष विदेशी लगानी कम्पनी (शाखा वा सम्पर्क कार्यालय समेत) भएको मेन्यु छनोट गरी विवरण पेस गर्नुपर्ने जनाएको छ । पेस भएका निवेदनको अलग्गै सूची तयार हुने र सम्बन्धित डेस्कले शीघ्र निवेदनअनुसार जानकारी गराउने प्रबन्ध मिलाइएको कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?