Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

वडामै पुगेर योजनाको सम्झौता गर्दै महाबु गाउँपालिका


दैलेख। जिल्लाको महावु गाउँपालिकाले वडास्तरमै पुगेर ६८ वटा योजना सम्झौता गरेको छ । वडाका नागरिकले सहजै वडामै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले वडास्थरको अभियान थालिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले बताएकी छन् ।

त्यस्तै, वडामा पालिकाको टोली मात्र पुगेन खाता खोल्नका लागि बैंकका कर्मचारीसमेत पुगेर खाता खोल्ने काम सँगसँगै गरेपछि जनतालाई योजना सम्झौता गर्न र बैकमा खाता खोल्न लाग्ने खर्च समेत बचत हुनाका साथै जनता समेत खुसी भएका उनले जानकारी दिइन् । छ वटा वडाका ६८ वटा योजनामा सम्झौता सकिएको छ, खानेपानी, सडक, धारो कुवा, पानी, मन्दिर, कुलो निर्माणलगायत योजनाको सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय उपाध्यायले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत जिम्मेवार व्यक्तिलाई वडामै बोलाएर, योजना सम्झौता प्रक्रिया, प्राप्त भएको बजेट, योजना खरिद प्रक्रिया, भुक्तानी प्रक्रिया, योजनाको दिगोपना र गुणस्तरीयता कसरी कायम गर्ने भन्नेबारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएकोे उनले जानकारी दिए ।

त्यसैगरी हरेक योजनालाई कसरी प्रभावकारी बनाउने, योजनामा जनताको अपनत्व कसरी गर्ने, अनुगमन समितिको काम कर्तव्य र अधिकार के हो, पालिकाको अनुगमन टोलीलाई कहिले बोलाउने र जनश्रमदान के हो भन्ने विषयमा जानकारी गराइएकाकारण विकास निर्माणका काममा सहजता हुने आशा गरिएको प्रशासकीय अधिकृत उपाध्यायको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?