Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

वडामै पुगेर योजनाको सम्झौता गर्दै महाबु गाउँपालिका


दैलेख। जिल्लाको महावु गाउँपालिकाले वडास्तरमै पुगेर ६८ वटा योजना सम्झौता गरेको छ । वडाका नागरिकले सहजै वडामै सुविधा प्राप्त गरुन् भन्ने उद्देश्यले वडास्थरको अभियान थालिएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु पाण्डेले बताएकी छन् ।

त्यस्तै, वडामा पालिकाको टोली मात्र पुगेन खाता खोल्नका लागि बैंकका कर्मचारीसमेत पुगेर खाता खोल्ने काम सँगसँगै गरेपछि जनतालाई योजना सम्झौता गर्न र बैकमा खाता खोल्न लाग्ने खर्च समेत बचत हुनाका साथै जनता समेत खुसी भएका उनले जानकारी दिइन् । छ वटा वडाका ६८ वटा योजनामा सम्झौता सकिएको छ, खानेपानी, सडक, धारो कुवा, पानी, मन्दिर, कुलो निर्माणलगायत योजनाको सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय उपाध्यायले जानकारी दिए ।

उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष, सचिवलगायत जिम्मेवार व्यक्तिलाई वडामै बोलाएर, योजना सम्झौता प्रक्रिया, प्राप्त भएको बजेट, योजना खरिद प्रक्रिया, भुक्तानी प्रक्रिया, योजनाको दिगोपना र गुणस्तरीयता कसरी कायम गर्ने भन्नेबारेमा उपभोक्ता समितिलाई अभिमुखीकरण गराइएकोे उनले जानकारी दिए ।

त्यसैगरी हरेक योजनालाई कसरी प्रभावकारी बनाउने, योजनामा जनताको अपनत्व कसरी गर्ने, अनुगमन समितिको काम कर्तव्य र अधिकार के हो, पालिकाको अनुगमन टोलीलाई कहिले बोलाउने र जनश्रमदान के हो भन्ने विषयमा जानकारी गराइएकाकारण विकास निर्माणका काममा सहजता हुने आशा गरिएको प्रशासकीय अधिकृत उपाध्यायको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?