Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम


दिपायल,डोटी। पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ ।

समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ । त्यस्तै, प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् ।

स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् भने सहजपुुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुुग्न सकिन्छ । ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यानपुग्न सकेको छैन । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।

त्यस्तै, बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिका–५ का स्थानीय वीरबहादुर बोहराले बताए । यस क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सकेमा यहाँका नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताएका छन् ।

यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न स्थानीयतह, प्रदेश र सङ्घीय सरकारका साथै पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
कार्यकारी अधिकृत सिराडीले भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, मूलभवन, मूर्ति, शौचालय, पर्खाल लगायत पूर्वाधार बनाउन बाँकी रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेकाले छिट्टै काम अगाडि बढ्ने बताए ।

प्रचारप्रचारका लागि स्थानीयतहका, वडा तथा गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भई कामको योजना बनाइने बोगटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताएका छन् । बडीकेदारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिकरुपमा प्रचारप्रचार गर्नका लागि बडीकेदार गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले राससलाई जानकारी दिए ।

यस क्षेत्रको विकास गर्न सके समग्र पालिकासँगै जिल्लाको विकासमा सहयोग पुुग्ने उनको भनाइ रहेको थियो ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?