Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२५ मंसिर २०८२, बिहीबार
२५ मंसिर २०८२, बिहीबार

हलिउड अभिनेता जेट ली काठमाडौंमा


काठमाडौं। हलिउड तथा चिनियाँ अभिनेता जेट ली अहिले नेपालमा छन् । जेट ली छोरी र केही सहयोगीसँगै काठमाडौंमा आइपुगेका हुन् ।

उनी सन् २०२३ को क्रिसमसमा पनि काठमाडौं आएको बताइन्छ । जेट ली कति दिन काठमाडौँ बस्ने बताइएको छैन । जेट लीले हलिउड र चिनका थुप्रै फिल्म अभिनय गरेका छन् ।

केही दिनअघि नेपाल आएका उनी बौद्धको एक गुम्बामा रहेको बताइन्छ । अभिनेता जेट ली बौद्ध गुरु छोकी निमा रिम्पोछेसँग बौद्ध दर्शनको कक्षा लिन नेपाल आएका हुन् ।

शनिबार जेट लीसँगै अभिनेत्री मनिषा कोइराला, आनी छोइङ डोल्मा, युवराज घिमिरे पनि उक्त गुम्बामा पुगेका थिए । जसको जानकारी मनिषाले सामाजिक संजाल फेसबुकमा तस्बिर सहित दिएकी छन् ।

 

 


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?