Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’ विजेता भए आइभान, इलोना र स्मारिका


काठमाडौं। बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक् कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् । उक्त प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

त्यसैगरी, जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार साँझ सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शीर्ष उपाधि चुमिन् । त्यस्तै सिनियर केटीतर्फ स्मारिका भट्टराई विजेता घोषित भइन् भने शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट तथा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।

सम्पूर्ण देवापाटे (शिक्षा विद्), रोजिना पौडेल (को–अडिनेटर मात्रृभुमी स्कुल), आषिश थापा (निर्देशक–आरए इभेन्ट म्यानेजमेन्ट), सम्झना गिरी (फाउन्डर प्रिन्सिपल–युरो स्कुल भत्तपुर), ईश्वर हमाल (को–अटिनेटर ज्ञानोदय बालबाटिका), मिलन केसी लोप्चन (प्रिन्सिफल अक्सरा स्कुल), फरिदा बानु अहमद (एक्टिभ इन्चार्ज तथा को–अडिनेटर मोर्डन इन्डियन स्कुल), निलिमा मास्के श्रेष्ठ (गीतकार, कवि, प्रिन्सिपल ब्युटिफुल माडन्स) लगायत निर्णायक रहेको प्रतियोगिता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । उक्त प्रतियोगिताको कोरियोग्राफी अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।

नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरुभन्दा भिन्न तवरबाट अन्तर्राष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमा सहित आयोजित प्रतियोगिताको प्रत्येक शीर्षक ४ उप–विजेता समेत छानिएको थियो । जसमा जुनियर केटातर्फ आरभ अधिकारी फष्ट रनरअप, उत्सर्ग ढकाल सेकेन्ड रनरअप, श्रीजल यादव थर्ड रनरअप र सम्प्रभ जंग केसी फोर्थ रनरअफ बन्दा जुनियर केटीतर्फ निबित्सा झा फष्ट रनरअप, सिकुम सुब्बा सेकेन्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ भए । त्यस्तै सिनियर केटीतर्फ भने एन्जल गहतराज फष्ट रनरअप, सानभी बिष्ट सेकेन्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुनिए ।

त्यस्तै, विभिन्न आकर्षक शैलीमा बालबालिकाको स्टेज प्रस्तुतिसहित आयोजित प्रतियोगिता बालबालिकालाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक, अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले जानकारी दिएका छन् । प्रतियोगीको ड्रेस डिजाइन श्रीषा बैदारले गरेकी थिइन् ।

बुद्धिजीवी, सेलिब्रेटी, उपत्यकाका विभिन्न स्कुलका प्रिन्सिपल बिद्यार्थी लगायतको सहभागीता रहेको कार्यक्रमबाट आफूले भरपुर मनोरञ्जन प्राप्त गरेको र कार्यक्रम अन्तर्राष्ट्रिय स्टरको रहेको सहभागीले बताए ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?