Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग


चितवन। गामवेशी चेपाङ संरक्षण केन्द्र चितवनका बालबालिकाहरूका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । त्यस्तै, लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा केन्द्रका झन्डै एक सय ५० चेपाङ बालबालिकाहरूका लागि उक्त सामग्री सहयोग गरिएको हो ।

शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मूल नारा अनुसार चेपाङ बालबालिकाहरूलाई खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको हो भने सो क्लबका अध्यक्ष कमल बहादुर खत्री, डिस्ट्रिक्ट चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरणको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको हो ।

उक्त केन्द्रका अध्यक्ष केपी किरणले सहयोगको लागि क्लब साझा फूलबारी र कामना स्कुल परिवारलाई धन्यवाद दिएका छन् भने सो कार्यक्रममा क्लब अध्यक्ष कमल बहादुर खत्री र कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्ट चिफ एडभाईजर ईश्वर अर्यालले चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरणको प्रशंसा गरे ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?