Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न र स्टेशनरी सहयोग


चितवन। गामवेशी चेपाङ संरक्षण केन्द्र चितवनका बालबालिकाहरूका लागि खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गरिएको छ । त्यस्तै, लायन्स क्लब अफ काठमाडौं साझा फूलबारी र कामना ईन्टरनेशनल कलेजको सहकार्यमा केन्द्रका झन्डै एक सय ५० चेपाङ बालबालिकाहरूका लागि उक्त सामग्री सहयोग गरिएको हो ।

शिक्षामा सहयोग भन्ने लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एम तथा डिष्ट्रिक्ट गभर्नरको मूल नारा अनुसार चेपाङ बालबालिकाहरूलाई खाद्यान्न तथा स्टेशनरी वितरण गरिएको हो भने सो क्लबका अध्यक्ष कमल बहादुर खत्री, डिस्ट्रिक्ट चिफ अफ एओजी हरि चन्द्र तिवारी, कामना फाउन्डेसनका अध्यक्ष तथा क्लबका पूर्व अध्यक्ष ईश्वर अर्याल, जोन चेयर पर्सन गणेश प्रसाद पन्त, समाजसेवी ध्रुव खनाल तथा चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरणको उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी उक्त सामग्री वितरण गरिएको हो ।

उक्त केन्द्रका अध्यक्ष केपी किरणले सहयोगको लागि क्लब साझा फूलबारी र कामना स्कुल परिवारलाई धन्यवाद दिएका छन् भने सो कार्यक्रममा क्लब अध्यक्ष कमल बहादुर खत्री र कामना फाउन्डेसनका अध्यक्ष तथा असिस्टेन्ट चिफ एडभाईजर ईश्वर अर्यालले चेपाङ संरक्षण केन्द्रका संरक्षक केपी किरणको प्रशंसा गरे ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?