Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘ब्लड क्यान्सर’पीडित बालकलाई आर्थिक सहयोग


काठमाडौं। ‘ब्लड क्यान्सर’बाट पीडित गोरखाको भीमसेन थापा गाउँपालिका–३ का १४ वर्षीय दिवस खनालको उपचारका लागि रु एक लाख तीन सय १३ आर्थिक सहयोग गरिएको छ । धावा गोरखा सम्पर्क समिति दिल्लीबाट सङ्कलन गरिएको उक्त रकम शनिबार हस्तान्तरण गरिएको हो । उक्त रकम सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले पीडित बालककी आमा विमला खनाललाई हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष शाक्यले प्रवासमा श्रम बेचेर कमाउँदै आएका सहयोगी मनबाट सङ्कलन भएको रकम सहयोग गरिएको जानकारी दिए । उनले नेपालमा उपचार गराउन समस्या भएर अनाहक ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेकाको जीवन बचाउन पाउँदा आफूहरूलाई खुसी मिलेको बताए । क्यान्सरपीडित बालककी आमा खनालले छोराको उपचारका लागि विदेशमा बस्ने नेपालीले सहयोग गरेको भन्दै धन्यवाद दिए ।

उक्त सम्पर्क समितिले गोरखाका राजु खनालको उपचारका लागि रु ५० हजार, निर्माण धमलाको उपचारका लागि रु एक लाख ८५ हजार, शर्मिला परियारको उपचारका लागि रु ७० हजार, चिनीमाया शाक्यको उपचारका लागि रु एक लाख, सुकुमाया श्रेष्ठको उपचारका लागि रु ६० हजार र विपना गिरीको उपचारका लागि रु २४ हजार सहयोग गरिसकेको छ ।


प्रकाशित मिति: ७ माघ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?