Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

प्रमिला यादवले फिर्ता लिइन् उपराष्ट्रपति पदको उम्मेदवारी


२९ फागुन, काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा) नेपालकोतर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बन्नुभएका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिएकी हुन्। सांसद यादवले प्रेस विज्ञप्तिमार्फत लामो संघर्ष र त्याग गरेका स्वच्छ छवि र उच्च विचारका रामसहायकलाई समर्थन गर्नाका साथै सहयोग गर्न पनि सबैलाई आग्रह गरेकी छन्।

‘अब उप्रान्त म उपराष्ट्रपति पदका लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माननीय यादवलाई आफ्नो अमूल्य मत लिई विजयी गराउन हुन सम्पूर्ण माननीय सांसद एवं माननीय प्रदेशसभा सदस्यलाई अपिल गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।

यही फागुन २५ गते जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय दलका नेता यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?