Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

तस्विरमा रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फाेटाे फिचर)


काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मिश्रले समाजमा देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । उनले भने, ‘यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’ ‘डिपिक्सन’ नाम दिएको प्रदर्शनीमा ३५ कार्टुन राखिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले तीन हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन् । प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखेका छन् । कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रूपमा स्थापित गर्न प्रदर्शनी गरिएको मिश्रले बताए ।

 


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?