Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

तस्विरमा रवि मिश्रको एकल कार्टुन प्रदर्शनी (फाेटाे फिचर)


काठमाडाैं । कार्टुनिस्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी जारी छ । नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका छन् । कार्टुनिस्ट क्लबका अध्यक्ष तथा कार्टुनिस्ट वासु क्षितिज, पूर्वअध्यक्ष अविन, नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान र अनलाइनखबर डटकमका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

सो अवसरमा मिश्रले समाजमा देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए । उनले भने, ‘यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो ।’ ‘डिपिक्सन’ नाम दिएको प्रदर्शनीमा ३५ कार्टुन राखिएका छन् । १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले तीन हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन् । प्रदर्शनीमा मिश्रले पछिल्लो पाँच वर्षमा बनाएका कार्टुन राखेका छन् । कार्टुनलाई एकतर्फी सञ्चार मात्र नभई संवादका रूपमा स्थापित गर्न प्रदर्शनी गरिएको मिश्रले बताए ।

 


प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?