Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अध्यक्ष नेपालसँग उपराष्ट्रपतिका उम्मेदवार यादवले मागे मत


२९ फागुन, काठमाडाैँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई आज भेट गरी मत मागेका छन् ।

उनि आज अध्यक्ष नेपालको निवास पुगेर नेपाल र उनको दलसँग उपराष्ट्रपति पदका लागि आफूलाई मत मागेका हुन् । त्यस अवसरमा यादवको साथमा रहेका सांसद प्रदीपकुमार यादवले भने, “रामसहायजीसहित हामीले एकीकृत समाजवादीका नेता माधव नेपाललाई भेटेर मत मागेका छौँ, अब प्रधानमन्त्रीजीसँग पनि मत माग्न जाँदैछौँ ।”

उपराष्ट्रपतिका उम्मेदवार यादवले आजै अन्य राजनीतिक दलका नेता तथा सांसदसँग भेटेर मत माग्ने कार्यक्रम रहेको बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले सत्ता गठबन्धनमा सहभागी सबै दलको आफूलाई सहयोग रहने उनले बताए ।


प्रकाशित मिति: २९ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?