Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा


झापाको दमक–१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो । आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमितता नपाउँदा बजारस्थल बेवारिसे बन्न पुगेको दमक–१० पूर्ववडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो ।

हरेक हप्ताको मङ्गलबार लाग्ने गरी बजारको सुरुआत गरेको भए पनि त्यस कार्यले निरन्तरता पाउन नसक्नु सिङ्गो १० नं वडाकै लागि दुर्भाग्य भएको उहाँको भनाइ छ । सेतुमारी बजारमा साप्ताहिक पशु हाटसमेत लाग्ने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा बजार सञ्चालनका लागि स्थानीय दाताले नौ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तरस्वरुप एक दशक लामो समय बितिसक्दा पनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन । सेतुमारी बजार सञ्चालनमा आउँदा खुसी बनेका यस क्षेत्रका सर्वसाधारणको त्यो खुसी बजार बन्द भएसँगै अहिले निराशामा परिणत भएको छ ।

स्थानीयस्तरमा नै बजार सञ्चालनमा आउला र गाउँघरमा उत्पादित कृषि उपजले सहज बजार पाउला भन्ने आशा गरेका थियौँ तर व्यवहारमा सो कुरा हुन नसक्नु दुःखद् भएको जग्गादाता मध्येका देवेन्द्र श्रेष्ठले गुनासो गर्नुहुन्छ । “हामीले आज बजारको अवस्था यस्तो होला भन्नेसम्मको कल्पना पनि गरेका थिएनौँ तर दुर्भाग्य नै भन्नुपर्छ आज सेतुमारी बजारको अतित्वनै नामेटजस्तै हुँदैछ”, उहाँले दुःखेसो पोख्नुभयो । यहाँका श्रेष्ठ परिवारले बजार सञ्चालनका लागि निःशुल्क लाखौँ मूल्यको जग्गा उपलब्ध गराएका थियौँ, तर सम्बन्धित सरोकारवाला र सथानीयवासीले चासो र चिन्ता नराखिदिँदा बजारमा निर्माण भएका लाखाँै मूल्यका पसल कवल पनि प्रयोगविहीन बनिरहँदा राज्यकोषको लाखौँ बजेट दुरुपयोगजस्तै बनेको उहाँले गुनासो गर्नुभयो ।

आरआरएनएले निर्माण गरिएको एउटा पसल कवल रहेको छ । त्यसैगरी दमक नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ५० लाख बढी लगानीमा सटरसहितका दुईवटा पसल कवलको निर्माण गरिदिएको छ । तर यस स्थानमा अझसम्म पनि पुनः बजार सञ्चालनमा आउन नसक्दा ती लाखौँ मूल्यका भौतिक संरचना प्रयोगविहीन बनिरहेका छन् । बजारका लागि भनेर निर्माण भएका सार्वजनिक शौचालय पनि जीर्ण बन्दै गएको छ । यस स्थानमा पुनः बजार सञ्चालनका लागि प्रक्रिया सुरु भइसकेको र अब चाँडै स्थानीयवासी तथा सरोकारवालासँग छलफल अघि बढाइने वडा नं १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी बताउनुभयो । वडाकै दिगो आयस्रोतको माध्यमका रूपमा बजार सञ्चालन गरी स्तरोन्नति गरिदै लगिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार त्यस स्थानमा पुनः बजार सञ्चालनमा आउन सके कृषि बजारले स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने छ । दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको पश्चिम दक्षिण, गौरादह नगरपालिकाको पश्चिम–उत्तरी क्षेत्रका साथै छिमेकी जिल्ला मोरङको उर्लाबारी र रतुवामाई नगरपलिकाका सर्वसाधारणलाई फाइदा पुग्ने बताइएको छ । सेतुमारी बजारस्थलमा जुन उद्देश्यले संरचना निर्माण गरिएको थियो त्यसको सही उपयोग हुन नसक्दा सुरक्षा चुनौतीसमेत बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । बजार क्षेत्रमा निर्माण भएका भौतिक संरचना दुव्र्यसनीको थलो बन्लान कि भन्ने त्राससमेत पैदा हुँदै गएको स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् । यसैगरी बजारस्थल नजिकै रहेको सेतुमारी बसपार्कको जग्गा पनि प्रयोगविहीन बनेकोछ । स्थानीय दाताले बसपार्कका लागि निःशुल्क प्रदान गरेको सो संरक्षण गरिनुपर्ने स्थानीयवासीका माग रहेको छ ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?