Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आउने भयो गोलमाल५


नयाँ दिल्ली। सिंबा, सूर्यवंशी, सिंघम, चेन्नई एक्सप्रेस जस्ता चर्चित फिल्म बनाइसकेका निर्देशक रोहित शेट्टीले आफ्नो आगामी फिल्मको पुष्टि गरेका छन् । रोहितका अनुसार गोलमाल ५ अवश्य बन्नेछ ।

आजको समयमा फिल्म आफूले उति बेला बनाएको अल द बेष्ट र गोलमालको तुलनामा भव्य र ठूलो हुनु पर्ने उनी बताउँछन् । गोलमाल कमेडी फिल्म हो । यसमा रोहितले एक्शन जोड्न सक्दैनन्, तर फिल्मको शैलीको स्तर बढाउन सकिने उनको भनाइ रहेको छ । गोलमालका फ्यानहरु धेरै भएको अनि उनीहरुकै लागि यो ब्रान्ड बनाइरहेको समेत उनले बताए ।

यसका लागि लामो प्रतीक्षा गर्नुपर्नेछ । पिंकविलासँग कुराकानीका क्रममा रोहितले भने, ‘गोलमाल ५ अवश्य बन्नेछ । प्रतिक्रियालाई हेर्दा मैले यसलाई अलि चाँडै बनाउनु पर्नेछ । मलाई लाग्छ कि आगामी २ वर्षभित्र गोलमाल ५ हेर्न पाइनेछ ।’ पछिल्लो समय फिल्ममा आएको परिवर्तनलाई हेर्दा गोलमाल फ्रेन्चाइजीको नयाँ फिल्म बाँकी फिल्मभन्दा निकै शानदार हुने बताइएको छ ।

रोहितले अहिले कप–भर्स अर्थात् प्रहरीको संसारमा आधारित फिल्महरु पनि बनाइरहेका छन्, तर उनको इच्छा कप भर्समा आधारित नभएको फिल्म बनाउने पनि छ भने काहानी फेला पर्‍यो भने चेन्नई एक्सप्रेस जस्तो फिल्म बनाउने उनको इच्छा छ ।

त्यस्तै, रोहितको कप भर्स वेब सिरिज इन्डियन पुलिस फोर्स जनवरी १९ मा ओटीटीमा रिलिज हुँदैछ भने यसबाहेक रोहित अजय देवगनसँग सिंघम अगेन पनि सुट गरिरहेका छन् ।

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?