Trending
>>   विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान >>   नेपालमा अमेरिकी लगानी बढाउन कर प्रणालीको पूर्वानुमानयोग्यता र पारदर्शी कानून आवश्यकः अमेरिकी दुतावास >>   निर्वाचनमा एआईको दुरुपयोग रोक्न कानूनी व्यवस्था र कडा जरिवाना आवश्यकः पोखरेल >>   महावीर पुनको राजीनामा माग्दै नास्टका कर्मचारी सडकमा >>   संविधानको धारा खोल्न दबाब आएको थियो : ओलीको नयाँ खुलासा >>   विपद् पुनर्निर्माणलाई प्राथमिकता दिँदै वागमती सरकार >>   बैंकिङ प्रणालीमा अधिक तरलता कायमै, थप ४० अर्ब खिच्दै राष्ट्र बैंक >>   हिंसाले सत्ता ढाल्यो, सुरक्षा संयन्त्रले टुलुटुलु हेर्‍यो : ओली >>   युक्रेनलाई ६२ करोड १९ लाख डलरको एफ–१६ मर्मत उपकरण विक्री गर्न अमेरिकाको स्वीकृति >>   पाइपलाइनमार्फत ग्यास घरघर पुर्‍याउने नीति चाहियोः सुनिता डंगोल
Logo
१२ मंसिर २०८३, शनिबार
१२ मंसिर २०८३, शनिबार

धुलिखेल र पनौतीका छ सय परिवारलाई खानेपानी वितरण


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको धुलिखेल र पनौती नगरका छ सय परिवारका लागि खानेपानी वितरण गरिएको छ । धुलिखेल–१० सुन्थानका तीन सय र पनौती–४ को चारमखर्कस्थित ज्यालाचिटी क्षेत्रका तीन सय परिवारका लागि खानेपानी वितरण गरिएको हो ।

बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत विनियोजित रू १५ लाखबाट ज्यालाचिटी खानेपानी उपभोक्ता समितिले निर्माण गरेको ९२ हजार लिटर क्षमताको ट्याङ्कीबाट पानी वितरण गरिएको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत आयोजना सम्पन्न गर्न दुई सय १५ घरधुरीबाट रू पाँच हजारका दरले रकम सङ्कलन गरिएको समितिका अध्यक्ष दीपक थापाले जानकारी दिए । उनका अनुसार नयाँ ५७ सदस्यबाट रू नौ हजार पाँच सयका दरले रकम उठाइएको हो ।

त्यस्तै, चामखर्कमा रहेको मुहानको संरक्षण गरिनुका साथै दुई इञ्चको पाइपबाट ट्याङ्कीसम्म पानी ल्याइएपछि पानी पर्याप्त भएर यहाँका करिब तीन सय घरधुरी लाभान्वित भएका थापाले बताए । सो समितिमार्फत प्रत्येक घरधुरीमा खानेपानी वितरण गर्न नगर कार्यालयले १२ रोल पाइप, ४ नं वडा कार्यालयले नौ रोल पाइप सहयोग गरेको थियो ।

धुलिखेल–१० वडास्थित शारदा बतासेमा तीन सय घरपरिवारमा एक घर–एक धारा कार्यक्रमअन्तर्गत धारा जडान गरी पानी प्रयोगमा ल्याइएको शारदा बतासे उपभोक्ता समितिका अध्यक्ष गोविन्द शर्मा उपाध्यायले जानकारी दिए । उनका अनुसार बाँकी एक सय २५ परिवारका लागि चालु आर्थिक वर्षभित्रै धारा जडान गरी पानी पु¥याइने योजना छ ।

यसअघि निर्माण गरिएको एक लाख लिटरको ट्याङ्की र थप १० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी डिपबोरिङमार्फत तीन सय परिवारका लागि खानेपानी व्यवस्थापन गरिएको उपाध्यायले जानकारी दिए ।

नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य तथा गरिबी निवारणलगायतका क्षेत्रमा ‘दिगो विकास लक्ष्य’अनुसारको मापदण्डमा पुग्न लागेकाले सबै वडाका बस्ती र घरमा चालु आवभित्र धारा पु¥याउने लक्ष्य राखिएको बताएका छन् । दक्षिण एशियामा धुलिखेल नगर गुणस्तरीय खानेपानी उपलब्ध गराउने नगरपालिकाभित्र पर्ने उनको भनाइ रहेको थियो ।

चालु आ.वमा प्रदेशअन्तर्गत रू एक अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजन गरिएको मन्त्री तीर्थ लामाले बताए । उनका अनुसार रू ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, ऊर्जा तथा सिँचाइसम्बन्धी योजना समावेश भएका छन् ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?