Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज


चितवन। चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि हात्ती धपाउँदै जनता जोगाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ । विशेष गरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि निकुञ्ज अभियानमा लागेको हो ।

उक्त निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेका सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ भने विगत तीनरचार दिनदेखि टोली परिचालन गरिएको उनले बताए।

“निकुञ्जको कार्यालयबाट हात्ती धपाउनका लागि थप एक टोली पठाइएको छ”, तिवारीले भने, “यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज ध्रुव र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा टोली परिचालन गरिएको उनले बताए ।

“निकुञ्जबाट गएको टोलीसँग गाडीसहित अन्य उपकरण पनि रहेकाले जहाँ हात्ती हुन्छ त्यहाँ पुग्न सक्छन्”, तिवारीले भने, “टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउने काम गर्छ ।” पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाको आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिए । उनका अनुसार अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।

उक्त निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो छन् भने ती हात्तीले अहिले खासै समस्या नदिएको भए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाउँदै आएका छन् । सबैभन्दा लामो दूरी हिँडेर आतङ्क मच्चाउने ध्रुवे हात्ती हो ।

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?