Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

साताको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले बदली र हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौंको आकाश आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको छ ।

“पहाडी भूभागहरुमा बदलीको अवस्था रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । तर, वर्षाको सम्भावना कमै रहेको छ । तराईको भूभागको हुस्सु तराईको पश्चिम भेगबाट हट्दै गएको छ भने ठूलो वर्षा गराउने मौसमी प्रणाली छैन”, मौसमविद् मानन्धरले भने ।

त्यस्तै, तराईतिर हुस्सु कुहिरो लागेकाबेला चिसो बढ्ने तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली र हल्का हिमपातको सम्भावना रहेकाले चिसो बढ्ने उनले उल्लेख गरे । मौसमविद् मानन्धरले यो महिना बढी चिसोको समय भएकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरे ।

उक्त महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले माघ ५ देखि ११ गतेसम्मका लागि जारी गरेको साप्ताहिक कृषि, मौसम पूर्वानुमानअनुसार यो साताभरि पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ भने कर्णाली प्रदेशको हिमाली भूभागमा साताको मध्य र अन्त्यमा थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी प्रदेशको हिमाली भूभागमा साताको सुरु र अन्त्यमा एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातका साथै थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका अधिकांश स्थानको अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ भने देशका तराई भूभागमा हल्कादेखि मध्यम साथै एक–दुई स्थानमा बाक्लो हुस्सु लाग्ने तर उक्त हुस्सु मध्याह्न वा अपराह्नसम्ममा क्रमिकरुपमा सुधार हुँदै जाने सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?