Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै, एक बालिकाको मृत्यु


दैलेख। लोपोन्मुख राउटे समुदायको जनसङ्ख्या प्रत्येक वर्ष घट्दै गइरहेको छ । बिहीबार राती पुनः एक बालिकाको मृत्यु भएसँगै राउटे समुदायको जनसङ्ख्या अब १३७ कायम रहेको छ ।

बिहीबार मृत्यु भएकी बालिका हरिबहादुर शाहीकी १२ बर्सिया छोरी दुर्गा शाही हुन् । मृतक बालिका एक महिनाअघि देखि बिरामीले थलिएकी थिइन् भने एक महिनादेखि बिरामी उनको आँखा पहेँलो भएको थियो ।

त्यस्तै, राउटे समुदायमा काम गर्दै आएका सोसेक नेपालका कर्मचारी लालबहादुर खत्रीका अनुसार खानपिनमा ध्यान दिनु भनिए पनि माघे संक्रातिमा खानपिन गर्दा बिरामले थप च्याप्यो । जसका कारण गए राति बालिकाको मृत्यु भएको उनले बताए।

मान्छेको मृत्यु भएपछि यो समुदाय बसिरहेको ठाउँ सर्ने गर्दछ भने हाल दैलेखको भैरवी गाउँपालिकामा बस्दै आएको राउटे समुदाय बालिकाको मृत्यु भएसँगै शुक्रवार चामुण्डा बिन्द्रासैनी नगरपालिका–४ सुईयातडामा बसाई सरेका छन्।

दुई वर्ष यतादेखि राउटेको जनसङ्ख्या घट्दै गएको छ भने केही महिनाअघि मात्रै दीपक शाहीकी श्रीमतीमा यस्तै लक्षण देखिएर मृत्यु भएको थियो ।

 

 


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?