Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

तालमा डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु


गुजरात। गुजरातको वडोदरास्थित हरनी तालमा बिहीबार डुङ्गा डुब्दा १२ बालबालिकासहित १४ जनाको मृत्यु भएको छ ।

उक्त घटना लगत्तै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थल पुगेर खोजी तथा उद्धार कार्यको जानकारी लिएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने मोदीले दुःखको यस घडीमा शोक सन्तप्त परिवारजनमा आफ्नो समवेदना रहेको उल्लेख गरेका छन् ।

उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ प्रदान गरिने भएको छ । केन्द्रीय गृहमन्त्री अमित शाहले पनि राज्यका मुख्यमन्त्रीसँग कुरा गरेर घटनाबारे जानकारी लिएका छन्।

स्थानीय रिपोर्टका अनुसार डुङ्गा खचाखच भरिएको थियो। ती बालबालिका आफ्ना शिक्षकसँग हरनी ताल पुगेका थिए । रिपोर्टका अनुसार बोटिङ गर्दा बच्चाहरूको सुरक्षा सुनिश्चित गर्न लाइफ ज्याकेटहरू पूर्ण रूपमा फिट गरिएको थिएन।

यस विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिइएको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?