Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे


काठमाडौं। जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार पाँच सय ९९ पुगेको छ । पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन् ।

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्याङ्क पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार पाँच सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको सङ्ख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनः निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै, प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए । अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म रू दुई अर्ब २६ करोड निकासा गरिसकेको छ भने उनीहरूको अस्थायी आवासका लागि रू चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो ।

सो केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा रू एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा रू एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोख्रेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ । त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोख्रेलले  बताए । उनका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ भने बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ ।

जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?