Trending
>>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

हात्ती धपाउन स्थानीयवासीलाई साइरन


झापा। दैनिकजसो गाउँ पसेर जङ्गली हात्तीले आतङ्क मच्चाउन थालेपछि शिवसताक्षी नगरपालिका–८ ले सो क्षेत्रका बासिन्दालाई हात्ती धपाउनका लागि साइरन वितरण गरेको छ । जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने, अन्नबाली नष्ट गर्ने र मान्छेलाई आक्रमण गर्न थालेपछि वडाले हात्ती धपाउन साइरन वितरण गरेको हो ।

त्यस्तै, वडाध्यक्ष सन्त फेउदिनले राजमार्गको उत्तरतर्फबाट रतुवामाई वृक्षरोपण आयोजना हुँदै झिलझिले, डुँडामारी र धरमपुर चोकबाट गाउँ पसेर हात्तीले स्थानीयवासीको घर भत्काउने तथा अन्नबाली नष्ट गर्न थालेपछि बिहीबार १० थान साइरन वितरण गरिएको जानकारी दिए । उनले सो क्षेत्रमा धेरै जनधनको क्षति भएकाले हात्ती धपाउनका लागि साइरन वितरण गरिएको बताए।

“साइरन बजेपछि हात्ती गाउँ प्रवेश गरेको स्थानीयवासीलाई जानकारी हुन्छ र सतर्कता अपनाउँछन्”, वडाध्यक्ष फेउदिनले भने, “साइरनको आवाजले हात्ती पनि भाग्छ ।” उनले तत्काल जङ्गल छेउका नागरिकलाई साइरन वितरण गरिएको बताए ।

त्यस्तै, फेउदिनका अनुसार शिवसताक्षी नगरपालिकाको उत्तर क्षेत्रको जङ्गलमा हाल १० हात्ती छन् । उनले सो क्षेत्रका बासिन्दालाई साइरनसँगै आठ थान टर्चलाइटसमेत वितरण गरेको बताए ।

गएको दुई महिनादेखि शिवसताक्षीको वडा नं १, ८, ९, १० र ११ का जङ्गलसँग जोडिएका क्षेत्रमा हात्तीले आतङ्क मच्चाउँदै आएका छन् भने हालसम्म शिवसताक्षीमा मात्र जङ्गली हात्तीको आक्रणबाट दुई वर्षमा तीन जनाको ज्यान गइसकेको छ ।


प्रकाशित मिति: ५ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?