Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१३ पुष २०८२, आईतवार
१३ पुष २०८२, आईतवार

स्थानीयमा चितुवाको त्रास


तनहुँ। जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन् ।

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् भने टोलबस्तीमा चितुवा देखिन थालेपछि सतर्कता अपनाएर सुरक्षित हुन स्थानीयलाई अनुरोध गरिएको उनले बताए ।

त्यस्तै, बस्ती नजिकै घनाजङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् भने गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए । ्

त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रासित भएका छन् । साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह समेत गरिएको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?