Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

स्थानीयमा चितुवाको त्रास


तनहुँ। जिल्लाको व्यास नगरपालिकाको शिशाघाट साजामा केही दिनदेखि चितुवाको आतङ्क बढ्न थालेको छ । साँझपख र बिहानको समयमा चितुवा देखिनुका साथै पशुचौपाया मार्न थालेपछि स्थानीयवासी त्रासित भएका हुन् ।

व्यास–६ साजा, शिशाघाट क्षेत्रमा चितुवा आतङ्क बढ्न थालेको स्थानीय साजा टोल विकास संस्थाका सचिव कृष्ण ढुङ्गानाले बताए । उनका अनुसार केही दिनयता तीन बोका, चार बाच्छा र चार वटा कुकुर मारिसकेका छन् भने टोलबस्तीमा चितुवा देखिन थालेपछि सतर्कता अपनाएर सुरक्षित हुन स्थानीयलाई अनुरोध गरिएको उनले बताए ।

त्यस्तै, बस्ती नजिकै घनाजङ्गल रहेकाले साँझ र बिहानको समयमा हिँड्डुल गर्न समस्या भोग्नुपरेको स्थानीय बताउँछन् भने गाईबस्तु र बाख्रा चराउन जाँदा दिउँसोको समयमा पनि चितुवा भेटिने गरेको स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयसँग समन्वय गरी खोर राखेर नियन्त्रण गरिदिने विषयमा विषयमा छलफल भइरहेको ढुङ्गानाले जानकारी दिए । ्

त्यसैगरी जिल्लाको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल आसपास क्षेत्रमा चितुवा देखिन थालेपछि स्थानीयवासी त्रासित भएका छन् । साँझमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले बताए । उनका अनुसार साँझपख बालबालिकालाई अस्पताल तथा टुँडिखेल मैदान वरपर जानबाट रोक्न अभिभावकलाई आग्रह समेत गरिएको छ ।

चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षमा १३ बालबालिकाले ज्यान गुमाइसकेका डिभिजन वन कार्यालय तनहुँका वन अधिकृत काशीराज पण्डितले जानकारी दिएका छन् ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?