Trending
>>   सेना परिचालनबारे अध्यक्ष ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो : एमाले >>   एमाले समानुपातिक उम्मेदवारको बन्दसूची पारित, सोमबार निर्वाचन आयोगमा बुझाउने >>   काठमाडौं मेडिकल कलेजमा ‘क्याथल्याव’ र ‘इपिल्याव’ प्रविधिः आधुनिक हृदय–मस्तिष्क उपचारमा नयाँ युग >>   रास्वपा–बालेन सम्झौताः संघीयता र धर्मनिरपेक्षताबारे मौन रहेको भन्दै जसपा नेपालको आपत्ति >>   चुनाव नै नभई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने सहमति हाँस्यास्पद : एमाले >>   रवि–बालेनलाई काँग्रेस नेता राठौरको चुनौतिः सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन् >>   रवि–बालेनको सहमतिलाई अनौठो मान्नु पर्दैनः धनराज गुरुङ >>   रवि–बालेन सहमतिमा मुलुकलाई निकास दिने ठोस एजेण्डा छैनः राजनीतिक विश्लेषकहरू >>   काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने >>   रवि र बालेनले सत्ता स्वार्थको लागि जेन–जी आन्दोलन हाइज्याक गर्न खोजेः योगेश भट्टराई
Logo
१५ पुष २०८२, मंगलवार
१५ पुष २०८२, मंगलवार

जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सहयोग


सिमकोट,हुम्ला। जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाको सिमकोट गाउँपालिकाले रु एक–एक लाख प्रदान गरेको छ ।

भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई रु एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्मा परेकालाई सहयोग गर्दै आएको छ ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?