Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन


काठमाडौं। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ ।

५२ वर्षको उमेरमा आज बिहान करिब ३ बजे आफ्नै घरमा निधन भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत अमर बहादुर रोकायाले बताएका छन् । स्थानीय तह चुनावमा जोशी नेपाली काङ्ग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत रोकायाका अनुसार उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन् भने ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो ।

उक्त गाउँपालिकाले आज शोक प्रस्ताव पारित गर्दै गाउँपालिकामा शोक बिदा दिएको रोकायाले बताए ।


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?