Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

अशक्त भक्तजनहरूलाई ह्विलचियर हस्तान्तरण


काठमाडौं। २३औँ सशस्त्र प्रहरी दिवस-२०८० को उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने अशक्त भक्तजनहरूको सहजताको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ।

नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले पशुपति विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीलाई बुधबार चारवटा ह्विलचियर हस्तान्तरण गरेका हुन्। जन सम्बन्धलाई थप प्रगाढ बनाउने सङ्गठनको नीतिअनुसार क्विक इम्प्याक्ट प्रोजेक्ट सञ्चालन गर्ने योजनाअन्तर्गत सो बाहिनी तथा मातहत इकाईहरूको सामूहिक प्रयासबाट ४ वटा ह्विलचियर हस्तान्तरण गरिएको हो

त्यस्तै, नायव महानिरीक्षक थापाले विश्व सम्पदा सूचिमा रहेको पशुपतिनाथ मन्दिर हिन्दु धर्मालम्बी तथा भक्तजनहरूको धार्मिक आस्थाको देवता भएको हुँदा मन्दिरको सुरक्षा, संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व रहेको बताएका छन्।

 


प्रकाशित मिति: ४ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?