Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री पक्का


नयाँ दिल्ली। गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदै छ ।

यो वर्ष फिल्म हलमा भूल भुलैया ३ हेर्न पाइनेछ । फिल्मको सुटिङ मार्चमा शुरु हुने बताइएको छ भने सो फिल्ममा हिरोको रुपमा कर्तिक आर्यन नै देखिनेछन् । त्यस्तै, निर्देशक अनीस बज्मीको निर्देशनमा बन्न लागेको यो फिल्म अघिल्ला फ्रेन्चाइजी भन्दा धेरै रोमाञ्चक हुने बताइएको छ भने उक्त फिल्ममा कयौं ट्विष्ट पनि हुने अनुमान गरिएको छ ।

त्यसैगरी, भूल भुलैया ३ को हिरोइन भने अहिलेसम्म घोषणा भइसकेको छैन । केही खबरका अनुसार सारा अली खानलाई कार्तिकको साथमा देख्न पाइनेछ, तर मेकरहरुले हिरोइनका लागि केही अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको बताइएको छ भने अहिलेसम्म हिरोइनको नाम फाइनल भइसकेको छैन ।

मेकरहरुले विद्या बालनको अगाडि टिक्न सक्ने अभिनेत्री खोजिरहेको बताइएको छ । सबै कुरा सही भयो भने फेब्रुअरीसम्म फिल्मको फिमेल लिड भेटिन सक्ने बताइएको छ ।

पछिल्लो खबरका अनुसार विद्या बालन पनि यस फिल्मको हिस्सा बन्नेछिन् । फिल्ममा उनी मञ्जुलिकाकै रुपमा फर्किने बताइएको छ । सन् २००७ मा भूल भुलैयामा अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको दमदार अभिनय देखिएको थियो ।

 

 


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?