Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

‘भूल भुलैया ३’ मा विद्या बालनको इन्ट्री पक्का


नयाँ दिल्ली। गएको वर्ष ठूलो पर्दा र ओटीटीमा कार्तिक आर्यनको भूल भुलैया २ निकै हिट रह्यो । फिल्ममा कार्तिक आर्यनको जोडीको रुपमा कियारा आणवाणी देखिएकी थिइन् । साथमा तब्बु, राजपाल यादवलगायत कलाकारको पनि मुख्य भूमिका थियो । फिल्मको अर्को सिक्वेल भूल भुलैया ३ आउँदै छ ।

यो वर्ष फिल्म हलमा भूल भुलैया ३ हेर्न पाइनेछ । फिल्मको सुटिङ मार्चमा शुरु हुने बताइएको छ भने सो फिल्ममा हिरोको रुपमा कर्तिक आर्यन नै देखिनेछन् । त्यस्तै, निर्देशक अनीस बज्मीको निर्देशनमा बन्न लागेको यो फिल्म अघिल्ला फ्रेन्चाइजी भन्दा धेरै रोमाञ्चक हुने बताइएको छ भने उक्त फिल्ममा कयौं ट्विष्ट पनि हुने अनुमान गरिएको छ ।

त्यसैगरी, भूल भुलैया ३ को हिरोइन भने अहिलेसम्म घोषणा भइसकेको छैन । केही खबरका अनुसार सारा अली खानलाई कार्तिकको साथमा देख्न पाइनेछ, तर मेकरहरुले हिरोइनका लागि केही अभिनेत्रीहरुसँग कुराकानी गरिरहेको बताइएको छ भने अहिलेसम्म हिरोइनको नाम फाइनल भइसकेको छैन ।

मेकरहरुले विद्या बालनको अगाडि टिक्न सक्ने अभिनेत्री खोजिरहेको बताइएको छ । सबै कुरा सही भयो भने फेब्रुअरीसम्म फिल्मको फिमेल लिड भेटिन सक्ने बताइएको छ ।

पछिल्लो खबरका अनुसार विद्या बालन पनि यस फिल्मको हिस्सा बन्नेछिन् । फिल्ममा उनी मञ्जुलिकाकै रुपमा फर्किने बताइएको छ । सन् २००७ मा भूल भुलैयामा अक्षय कुमार, विद्या बालन र शाइनी अहुजाको दमदार अभिनय देखिएको थियो ।

 

 


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?