Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

त्रिविले बनाएका कानुनमाथि संसदीय समितिले देखायो चासो


काठमाडौं। संसदीय समितिले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ८९ वटा कानुन बनाइएको प्रति चासो देखाएको छ।

सो ऐनमा टेकेर ५ नियम, ३४ विनियम, ३४ कार्यविधि, १६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएकोप्रति समितिले चासो देखाएको हो । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालयले बनाएको ८९ वटा कानुनप्रति चासो देखाएका हुन्।

उक्त बैठकमा सहभागी त्रिविका उपकुलपति प्रा.डा. शिवलाल भुसालले ऐनले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेका कारण विनियम बनाइएको बताएका छन्। उक्त परियोजना नयाँ आउँदा त्यसकालागि नयाँ कानुनको आवश्यकता पर्ने उनको भनाइ छ। ऐनले दिएको अधिकार भन्दा बाहिर गएर नियम बनाउने नियत नभएको उनले बताएका छन्।

सांसदहरूले आफूलाई जति बेला जे कुरा चाहियो त्यसकालागि कार्यविधि बनाइएको प्रति आपत्ति जनाएका थिए।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?