Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

खजुराको घिया गाउँमा बन्दैछ ‘होमस्टे’


खजुरा,बाँके। पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ ।

उक्त गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे बनाउन लागिएको हो । विसं २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डिपीआर निर्माण गर्न रु २५ लाख बजेट बिनियोजन गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादु विकले जानकारी दिएका छन् ।

त्यस्तै, पूर्वाधार विकासअन्तर्गत अहिले गाउँमा माघी मेलाको आयोजना गरिएको छ भने सो पालिकाका अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कमैया बस्तीमा होमस्टे निर्माण गरिने बताए ।

उनले देश विदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नेगरी १६ बिघा जग्गामा ताल निर्माण गरी त्यस वरिपरि मुक्त कमैयाहरुले आफैँ सञ्चालन गर्ने गरी होमस्टे बनाइने बताए । यस वर्ष स्थानीय अगुवालाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराइने तथा पर्यटनसम्बन्धी तालिम प्रदान गरिने पालिकाको योजना रहेको छ ।

उक्त जिल्लाको बैजनाथ र खजुरा गाउँपालिकाको सिमानामा पर्ने घिया तालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताएका छन् । साबिकको रनियापुर गाविस र हाल खजुरा गाउँपालिका–७ र ८ वडामा सिँचाइ गर्न पुग्ने १६ बिघा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ ।

त्यस्तै, थारू समुदायको बाहुल्य रहेको घिया र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्षदेखि बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?