Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको हो: कार्यकारी प्रमुख पोख्रेल


काठमाडौं। नेपालको भौगोलिक अवस्थाका कारण एक ठाउँका लागि गरिएको विपद् व्यवस्थापनको पूर्वतयारी अर्को स्थानमा नमिल्ने भएकाले फरक-फरक क्षेत्रअनुसारको तयारी आवश्यक देखिएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका लागि गरिएको पूर्वतयारी पहाड तथा हिमालका लागि नमिल्ने र हिमालमा गरिएको तयारी तराई तथा पहाडी क्षेत्रमा नमिल्ने भएकाले भौगोलिक अवस्था र क्षेत्रअनुसारको तयारी गर्नुपर्ने आवश्यकता देखिएको जनाएको छ ।

अहिले जाजरकोट भूकम्पबाट प्रभावितको अवस्था हेर्ने हो भने तराई तथा पहाडमा यसअघिका विपद्मा प्रयोग भएका त्रिपालले राम्रो काम नगरेको भन्दै अत्याधिक चिसोका कारण सोही अनुसारको राहत सामग्री र आवास जरुरी रहेको महसुस गरिएकाले कार्यविधि परिवर्तन गरेर भौगोलिक अवस्था अनुसार विपद्को तयारी गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले बताए।

“चिसो क्षेत्रमा त्यसलाई थेग्ने गरी नै तयारी गर्नुपर्छ भने गर्मी क्षेत्रमा सोही अनुसारका विपद् व्यवस्थापन जरुरी छ । त्यसका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ”, पोख्रेलले भने, “भौगोलिक क्षेत्र अनुसार तयार पारिएका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने हुन्छ । प्राधिकरण अब सोहीअनुसार काम गर्ने तयारीमा जुटेको छ ।” उनले विपद् व्यवस्थापनमा पालिकाको जिम्मेवारी धेरै रहेकाले पालिकाले अझै सक्रियता देखाउनुपर्नेमा जोड दिएका छन् ।

यसपाली जाजरकोट भूकम्पमा परेकालाई भौगोलिक क्षेत्र अनुसारको राहत सामग्री नहुँदा चिसोका कारण धेरैले ज्यान गुमाएका छन् । सामान्य पहाड तथा तराईमा प्रयोग हुने त्रिपाल सुरुवाती चरणमा राहतस्वरुप जाजरकोट भूकम्पमा पुगेका थिए । ती त्रिपालले चिसो थेग्न नसक्दा सुत्केरी, महिला, बालबालिका र बुढाबुढी प्रभावित भएका थिए ।

त्यस्तै, त्रिपालबाट पानी चुहिएर बिहान सबै सामान भिज्ने गरेको पीडतहरुले अनुभव सुनाएका थिए । सोही कारण प्राधिकरणले क्षेत्र अनुसारका राहत सामग्री व्यवस्थापन गर्नुपर्ने निष्कर्षका साथ कर्याविधि परिमार्जन गर्न लागेको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?