Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

भूमिगत पानीको अत्याधिक प्रयोगबाट सुक्दै तालहरू


सिन्ह्वा। करिव ४० वर्षअघि मुरात उलुदाग किशोरावस्थामा हुँदा मध्य टर्कीको कुलु तालमा यति धेरै पानी थियो कि यसमा पौडी खेल्नसमेत खतरा मानिन्थ्यो ।

यो क्षेत्र पहिले १८६ प्रजातिका चराहरूको लागि अभयारण्य हुन्थ्यो । विगतको तुलनामा अहिले मुट्ठीभर चराहरू मात्र बाँकी छन् । ५० वर्षीय उलुडागले अहिले स्थानीय वन्यजन्तु संरक्षण प्रमुख चुनौति रहेको बताएका छन् । पानी नभए जीवन नरहेको भन्दै उनले पानीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । कुलु ताल, कोन्या प्रान्तको कुलु जिल्लाबाट करिव ५ किलोमिटर पूर्वमा अवस्थित छ । अफ्रिका जाने बाटोमा गुलाब फ्लेमिङ्गो र अन्य प्रवासी चराहरूको आश्रयस्थल बनेको थियो । भूजलको अत्यधिक प्रयोग र जलवायु परिवर्तनका कारण यो पहिले नै सुकेको छ ।

विगतमा, कुलुका किसानहरूले गहुँ र जौ जस्ता परम्परागत बालीहरू उब्जाउथे । तर पछि मकै वा चुकन्दर जस्ता पानी–गहन बालीहरूमा सरेका थिए । जसका कारण भूमिगत पानीको आक्रामक प्रयोगले ताललाई खुवाउने खाडीहरू बिस्तारै सुक्दै गयो । विगतमा, कुलुका किसानहरूले कम पानी चाहिने गहुँ र जौ जस्ता परम्परागत स्थानीय बालीहरू उब्जाउने गर्थे ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?