Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणमा एडिबीको सहयोग


कास्की । नेपालको विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले पोखरामा तालबाट तालसम्म ‘लेक टु लेक साइकल ट्र्याक’ निर्माणका लागि सहयोग गर्ने भएको छ । पोखरा महानगरपालिका क्षेत्रमा रहेका सात वटा तालहरूलाई जोड्ने उक्त परियोजना निर्माण गर्न महानगरले गत वर्षदेखि योजना अघि बढाएको हो ।

‘लेक टु लेक साइकल ट्र्याक’को गुरुयोजनाका बारेमा छलफल सुरु भएको छ । पोखराको दिगो पर्यटन विकासअन्तर्गत यो परियोजना सञ्चालनका लागि गुरुयोजना निर्माण गर्न लागिएको महानगरप्रमुख धनराज आचार्यले बताए ।

उनका अनुसार एडिबीको रु. एक अर्ब आर्थिक सहयोगमा निर्माण हुने परियोजनाले पोखरामा रहेका सबै तालहरूलाई एक आपसमा जोड्ने छ । उनले ८५ किमी लम्बाइको ‘लेक टु लेक जोड्ने साइकल ट्र्याक’ पोखराका लागि महत्पूर्ण पर्यटकीय पूर्वाधार बन्ने बताए ।

नगरप्रमुख आचार्यले भने, “यसले संसारभरिका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकलाई हिमाल हेर्दै तालको किनारमा गरिने साइक्लिङको आनन्द प्रदान गर्नेछ भने पोखराको पर्यटन प्रवर्द्धनमा यो महत्वपूर्ण कोशेढुंगा साबित हुने विश्वास लिएका छौँ ।”

पोखरा महानगर वातावरणीय हिसाबले स्वच्छ, सुन्दर र आकर्षक रहेकाले यहाँ बन्ने साइकल ट्र्याक मानव स्वास्थ्य र पर्यावरणको संरक्षणप्रति समर्पित एक दिगो पूर्वाधार बन्ने आचार्यले उल्लेख गरे।

पोखरामा रहेका तालहरूलाई एकआपसमा (भित्र पर्ने गरी र तालहरू बाहिर पर्ने गरी) जोड्ने गरी ‘इनर’ र ‘आउटर’ दुई वटा रुटसहित विभिन्न स्थानमा कनेक्ट रुटहरू निर्माण गर्दा करिब ८५ किमी लम्बाइको साइकल ट्र्याक बन्ने महानगरले जनाएको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?