Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

पहिराको जोखिममा रहेका परिवारलाई जग्गा


तनहुँ। जिल्लाको भानु नगरपालिका कार्यालयले पहिराको उच्च जोखिममा रहेका एकदर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्न जग्गा खरिद गरेको छ । बस्ती भन्दामाथि ठूलो पहिराको जोखिममा बस्दै आएका भानु–११ राम्चेका बाह्र घरधुरीलाई सुरक्षित स्थानमा सार्न पालिकाले पहल गरेको हो ।

भूगर्भविद्, सङ्घीय सरकार, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बनेको विपद् व्यवस्थापन समितिले उक्त क्षेत्रको अध्ययन तथा अवलोकन गरी बस्न योग्य नभएको प्रमाणित गरेपछि प्रक्रिया अघि बढाइएको भानु–११ का वडाध्यक्ष बिमलराज जोशीले बताए । उक्त क्षेत्रका सोह्र घरधुरीमध्ये बाह्र घरपरिवारको अन्यत्र कुनै पनि स्थानमा जग्गा नरहेकाले जनही रू तीन लाखका दरले रू छत्तिस लाख बराबरको जग्गा खरिद गरिएको उनले जानकारी दिएका छन् ।

“सङ्घ, प्रदेश र स्थानीय सरकारको सहभागितामा विस्थापित घरधुरीलाई जग्गा खरिद र घर निर्माण गर्न लागिएको हो”, वडाध्यक्ष जोशीले भन्नुभयो, “पहिलो चरणमा जग्गा खरिद गरेका छौँ । दोस्रो चरणमा घर बनाउने लक्ष्य राखेका छौँ । प्राविधिक रुपमा बस्न उपयुक्त मानिएको स्थानमा जग्गा खरिद गरी उक्त परिवारलाई पुनर्वासको व्यवस्था मिलाउन लागिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तैै पहिरा प्रभावितको नाममा रजिष्टेशन पास गरी जग्गा प्रदान गरिएको भानुका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। जग्गा खरिद गरेपनि जग्गाधनीलाई रकम बुझाउन बाँकी रहेकाले सङ्घीय सरकारमा रकम निकासाका लागि अनुरोध गरी पठाइएको उनले बताए ।

आर्थिक वर्ष २०७७/७८ मा अघिल्ला जनप्रतिनिधिको पालामा सम्पन्न गर्नुपर्ने भए पनि निर्माण नभएकाले अहिलेको जनप्रतिनिधिले प्राथामिकता दिएर काम गर्न थालेको हो । उक्त नगरपालिकाले विपद्बाट क्षति भएका सत्तरी जनालाई रू आठ लाख पच्चीस हजार राहत उपलब्ध गराएको नगरप्रमुख त्रिपाठीले बताए ।

उनका अनुसार नगरपालिकाभित्र भएका स–साना विपद्का घटनामा क्षति भएकालाई उक्त सहयोग रकम प्रदान गरिएको हो । विपद्बाट भएका क्षतिलाई राहत उपलब्ध गराउन नगर कार्यपालिकाको बैठकले निर्णय गरी सहयोग प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?