Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

प्रहरीद्वारा नक्कली मदिरा उत्पादन गर्ने नौँ जनाको गिरोह सार्वजनिक


काठमाडौं। स्वदेशी तथा विदेशी ब्रान्डका नक्कली मदिरा उत्पादनदेखि बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले सार्वजनिक गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँमा नक्कली मदिराको कारखाना र गोदाममा छापा मारेर प्रहरीले नौँ जनालाई पक्राउ गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहिन नक्कली मदिराहरू उत्पादन गरी कालो बजारी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै, पक्राउ पर्नेमा रामेछाप, खाँडादेवी गाउँपालिका वडा नम्बर-२ हाल मुलपानी बस्ने २८ वर्षीय मनोज खत्री, कोटेश्वर बस्ने ३६ वर्षीय विनोद कुमार कार्की,सिन्धुपाल्चोक, चौतारा गाउँपालिका वडा नम्बर-३ का हाल मुलपानी बस्ने २७ वर्षीय मोहन खड्का, १८ वर्षीय रोशन कार्की,सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ का मुलपानी बस्ने २८ वर्षीय गौरव तामाङ, कोटेश्वर बस्ने ४० वर्षीय लेख ब्रिकम थापा, रामेछाप, मजुवा गाउँपालिका ३ का मुलपानी बस्ने २३ वर्षीय महेश खत्री, खाँडादेवी नगरपालिकाका २० वर्षीय मनिश खत्री र काठमाडौं कागेश्वरी मनोहरा वडा नम्बर-६ मुलपानीका ३५ वर्षीय सुमन नगरकोटी रहेका छन् ।

 


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?