Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

हिउँदे नगरसभाबाट छ कार्यविधि पारित


बाजुरा। जिल्लाको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट छ वटा कार्यविधि पारित भएका छन् ।

नगरसभामा पेस भएका छ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य गणेश साउदले बताएका छन् । सदस्य साउदका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि सभाले पारित गरेको छ ।

सो नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०, रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएका छन् । नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेको आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?