Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

हिउँदे नगरसभाबाट छ कार्यविधि पारित


बाजुरा। जिल्लाको त्रिवेणी नगरपालिकाको १४औँ नगरसभा तथा हिउँदे अधिवेशनबाट छ वटा कार्यविधि पारित भएका छन् ।

नगरसभामा पेस भएका छ वटा कार्यविधि सभामा छलफलपछि पारित गरिएको नगर कार्यपालिका सदस्य गणेश साउदले बताएका छन् । सदस्य साउदका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र नाटेश्वरीको प्रवर्द्धन एवं संरक्षण गर्न र अन्य पालिकाका खेलकुद, शिक्षाको विकासका लागि सभामा पेस भएका कार्यविधि सभाले पारित गरेको छ ।

सो नगरसभाबाट नाटेश्वरी क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०८०, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०८०, रकम व्यवस्थापन र खर्चसम्बन्धी कार्यविधि पारित भएका छन् । नगरसभामा नगरप्रमुख कर्णबहादुर थापाले पेस गरेको आपतकालीन कार्य सञ्चालन केन्द्र २०८०,नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०८० र कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) आचारसंहिता २०८० सभाले पारित गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, सडक र पर्यटन त्रिवेणीको पूर्वाधार, सामूहिक तथा व्यावसायिक कृषि समृद्धिको आधार’ भन्ने मूल नाराका १४औँ नगरसभा आयोजना गरिएको थियो ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?