Trending
>>   पाकिस्तानमा अमेरिका–विरोधी प्रदर्शनमा २० को मृत्यु, १०० भन्दा बढी घाइते >>   मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाईः ओली >>   होलीः सडकमा पोखिएको इन्द्रेणी >>   ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर >>   निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रहः ओली >>   दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु >>   जनता अब बाठो भइसके, भ्रम फैलाउनेलाई होइन, विकास गर्नेलाई रोज्छन्ः अध्यक्ष ओली >>   होली मनाउन शुरु, वसन्तपुर चीर पूजा गर्नेको भीड >>   काभ्रेपलाञ्चोकको निर्वाचन सुरक्षा कडा पारियो, ८८ मतदानस्थल संवेदनशील र २३ अतिसंवेदनशील सूचीमा >>   पक्राउ परे दुर्गा प्रसाईं
Logo
१८ फाल्गुन २०८२, सोमबार
१८ फाल्गुन २०८२, सोमबार

भारतीय सवारी चालक खोज्दै इजरायली टोली हरियाणामा


काठमाडौं। सवारी चालकको चर्को अभाव खेपिरहेको इजरायलले भारतमा प्रतिनिधि पठाएर नयाँ भर्ना सुरु गर्न लागेको छ।

त्यस्तै, इजरायलको १५ सदस्यीय प्रतिनिधिमण्डल भारतको उत्तर प्रदेश सरकारसँग आफूलाई आवश्यक पर्ने दक्ष सवारी चालक सहयोग माग्दै औपचारिक प्रक्रियामा जुटिसकेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

गत एक महिनादेखि हमाससँग युद्धमा व्यस्त इजरायलले प्यालेस्टाइन मूलका मानिसहरूलाई सबै कामहरुबाट निष्कासन गरिसकेको छ भने नयाँ काममा उनीहरूलाई कतै पनि प्रवेश गर्न कडा निषेध गरेको छ।

सवारी चालकका लागि आकर्षक तलब र विभिन्न बिमा सुविधा पनि प्रस्ताव गर्दै इजरायलले उपचार बिमा सहित मासिक तलब भारतीय रुपैयाँ १ लाख ३७ हजार, गासवास र मासिक १६ हजार ५१५ मासिक बोनस समेत प्रदान गर्ने प्रस्ताव गरेको छ।

सो युद्धग्रस्त देशमा भारतीय कामदार लैजान अनुमति दिने कि नदिने भन्ने विषयमा भारतले स्पष्ट नीति सार्वजनिक नगरेकाले उत्तर प्रदेश सरकारले सवारी चालक भर्ना गर्न इजरायली प्रतिनिधिमण्डललाई अनुमति दिएको जनाइएको छ भने एकसाता पछि हरयाणामा नयाँ सवारी चालक भर्ना सुरु गर्ने बताइएको छ।

त्यस्तै, इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोन वार्ता भएपछि सवारी चालक भर्नाका लागि उताबाट प्रतिनिधि भारत आएको बताइएको छ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?