Trending
>>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल


२८ फागुन ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सात्‌दोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिस एमबोउमीले एक गोल गरे भने आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले एक/एक गोल गरे । खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियोे । खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । खेलको ५२औँ मिनेटमा एनआरटीका लालनुनजामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५७औँ मिनेटमा एनआरटीका एमबोउमिले पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ ले आगाडि बढाए । खेलको ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ गोलको अग्रता बनाए । त्यसपछि खेलको ६८औँ मिनेटमा आर्मीका सुदिलले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । खेलको ८६औँ मिनेटमा आर्मीका अर्का खेलाडी दिनेशले फ्रिकिकमार्फत गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै एनआरटीले ३ खेलमा १ अङ्क जोडेको छ । समान तीन खेल खेलेको आर्मीको पाँच अङ्क भएको छ । आजै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्र्दै अङ्क बाँडेका छन् । यस बराबरीसँगै मनाङले ३ खेलमा ५ अङ्क जोडेको छ । साविक विजेता मछिन्द्रले ३ खेलमा १ अङ्क जोडेको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?