Trending
>>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल


२८ फागुन ,काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ । सात्‌दोबाटोस्थित च्यासल मैदानमा आज भएको खेलमा एनआरटी र आर्मीले ३–३ गोलको बराबरी खेलेका हुन् ।

एनआरटीका लालनुन्जामाले दुई तथा जिन एनिस एमबोउमीले एक गोल गरे भने आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेन्जनले एक/एक गोल गरे । खेलमा सुरुआती अग्रता भने आर्मीले लिएको थियोे । खेलको १५औँ मिनेटमा नवयुग श्रेष्ठले पेनाल्टीबाट गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए । खेलको ५२औँ मिनेटमा एनआरटीका लालनुनजामाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ५७औँ मिनेटमा एनआरटीका एमबोउमिले पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ ले आगाडि बढाए । खेलको ६२औँ मिनेटमा लालनुनजामाले व्यक्तिगत दोस्रो गोल गर्दा एनआरटी ३–१ गोलको अग्रता बनाए । त्यसपछि खेलको ६८औँ मिनेटमा आर्मीका सुदिलले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याए । खेलको ८६औँ मिनेटमा आर्मीका अर्का खेलाडी दिनेशले फ्रिकिकमार्फत गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए ।

यस बराबरी खेलसँगै एनआरटीले ३ खेलमा १ अङ्क जोडेको छ । समान तीन खेल खेलेको आर्मीको पाँच अङ्क भएको छ । आजै एन्फा कम्प्लेक्समा सम्पन्न अर्को खेलमा मनाङ मस्र्याङदी क्लब र मछिन्द्र फुटबल क्लबले गोल रहित बराबरी खेल्र्दै अङ्क बाँडेका छन् । यस बराबरीसँगै मनाङले ३ खेलमा ५ अङ्क जोडेको छ । साविक विजेता मछिन्द्रले ३ खेलमा १ अङ्क जोडेको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?