Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’


काठमाडौं। इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ ।

मंगलबार इरानले पाकिस्तानमा रहेको आतङ्कवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । त्यस्तै, इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो भने इरानले आतङ्कवादी स्थानहरूलाई मिसाइल र ड्रोनले निशाना बनाएको थियो । उक्त आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।

इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एक अर्कालाई शङ्काको दृष्टिले हेर्दै आएका छन्, तर, पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै उक्त हमलालाई सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ । ‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?