Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

‘इरानको हवाई हमला सार्वभौमसत्ताको उल्लङ्घन’


काठमाडौं। इरानले पाकिस्तानमा गरेको हवाई हमलाबाट इस्लामाबाद आक्रोशित भएको छ । पाकिस्तानी विदेश मन्त्रालयले आक्रमणलाई ‘देशको सार्वभौमसत्ताको उल्लङ्घन’ भन्दै त्यसको गम्भीर परिणामको भोग्नु पर्ने चेतावनी दिएको छ ।

मंगलबार इरानले पाकिस्तानमा रहेको आतङ्कवादी समूह जैश अल–अदलका अड्डाहरूलाई निशाना बनाएर हमला गरेको थियो । त्यस्तै, इरानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान प्रान्तको पहाडी क्षेत्रमा आक्रमण गरिएको थियो भने इरानले आतङ्कवादी स्थानहरूलाई मिसाइल र ड्रोनले निशाना बनाएको थियो । उक्त आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको पाकिस्तानले जनाएको छ ।

इरानको यो कदमले दुई देशबीचको सम्बन्ध बिग्रने डर छ । दुवै देशले लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम राख्दै एक अर्कालाई शङ्काको दृष्टिले हेर्दै आएका छन्, तर, पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमा जारी गर्दै उक्त हमलालाई सार्वभौमसत्ताको उल्लङ्घन मानेको छ । ‘पाकिस्तानको सार्वभौमसत्ताको यो उल्लङ्घन पूर्णतया अस्वीकार्य छ र यसले गम्भीर परिणाम निम्त्याउन सक्छ,’ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यसअघि इरानले सिरिया र इराकमा पनि आक्रमण गरेको थियो । सुन्नी आतङ्कवादी समूह इस्लामिक स्टेटले यस महिना गराएको दुईवटा आत्मघाती बम विस्फोटपछि तेहरान आक्रोशित छ, जसमा ९० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?