Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा हिउँ पर्‍यो


रामेछाप। रामेछापको उच्च पहाडी भेग शैलुङ लगायतका क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । माघ लागेपछि माथिल्लो लेकाली भेगमा मंगलबार हिमपात भएको हो ।

‘यस वर्षको हिउँद हिउँ नपरी जाला जस्तो भएको थियो, तर माघ लागेपछि हिउँ पर्‍यो,’ शेर्पाले भने । मंगलबार उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगायता स्थानमा पनि हिउँ परेको छ भने मंगलबार दिउँसो सो क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।

दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोला खर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार मङ्सिर, पुसमा हिउँ नपरेको शैलुङ क्षेत्रमा माघ लागेपछि मात्र हिउँ परेको हो । मंगलबार शैलुङमा बाक्लो हिउँ परेको छ ।

त्यस्तै, हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै सो क्षेत्रका किसानहरू खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएको कारण राम्रो उब्जनी हुने किसानहरू बताउँछन् भने लेकमा हिउँ परेपछि तलका पानीका मूल फुट्ने र वातावरण संरक्षणको लागि समेत सहयोग पुग्ने विश्वास गरिन्छ ।

रामेछापको माथिल्लो भेगमा आलु, गहुँ, उवा तथा गुडागुडी तथा तरकारी राम्रो उत्पादन हुने गर्दछ । हिउँ नपरेको वर्ष आलु राम्रो उत्पादन नहुने किसानहरू बताउँछन् । हिउँ परेसँग आलु राम्रो उत्पादन हुने भन्दै किसानहरू खुसी भएका छन् ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?