Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

बाँकेका हरित अभियानकर्मी काफ्लेलाई अन्तरराष्ट्रिय अवार्ड


जानकी,बाँके। नेपालगञ्जका हरित अभियानकर्मी हेमन्तराज काफ्ले भारतको हरियाणामा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् । लेक्स फाउन्डेसनको आयोजनामा भारतको हरियाणामा सोमबार आयोजित दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा उनी सम्मानित भएका हुन् ।

त्यस्तै, हरित अभियानकर्मी हेमन्तलाई बिजेपीका विधानसभा सांसद मोहनलाल बडोलीले सम्मान गरेका थिए । योभन्दा पहिला पनि अन्तराष्ट्रिय अवार्डबाट काफ्ले सम्मानित भएका थिए । उनी सन् २०२० मा समरस्ता अन्तरराष्ट्रिय अवार्ड भारत, २०२१ मा डब्लुडब्लुएफ कन्जरभेसन अवार्ड, २०२३ मा एभरेष्ट इन्टरनेसनल क्लाइमेट एक्सन अवार्ड र हालै २०२४ मा भारतको हरियाणामा ट्रिमेन अवार्डबाट सम्मानित भएका छन् ।

चालिस वर्षीय काफ्लेले झन्डै डेढ दशकदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर हरित अभियानका रुपमा निरन्तर लागिरहेका छन् । ‘गिभ मी सिड आई विल गिभ यू ट्रिसु’ भन्ने मूल नाराका साथ अगाडि बढ्नुभएका काफ्लेको अभियानलाई भारत, जर्मनी, अमेरिका, दक्षिण अफ्रिकाबाट रूखका बीउ प्राप्त हुने गरेको छ ।

विदेशी मुलुकबाट प्राप्त बीउमध्ये विशेषगरी कल्पवृक्षको बीउलाई उमारेर बिरुवा बनाई उनले बाँकेका विभिन्न धार्मिकस्थलमा लगाउने गर्नुभएको छ । मेरो हरित अभियानबाट प्रभावित भएर अन्य देशबाट कल्पवृक्षका बीउ उपहारमा प्राप्त हुने गरेका छन् । उनले भने, “ती कल्पवृक्षका बीउलाई बिरुवा बनाई मैले यस क्षेत्रका विभिन्न धार्मिकस्थलमा लगाउने गरेको छु ।

त्यस्तै, कल्पवृक्ष अभियानअन्तर्गत नेपालका धार्मिकस्थल पशुपतिनाथ, सुर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, प्यूठानको स्वर्गद्वारी, नेपालगञ्जको हनुमानगढीलगायत भिन्न जिल्लामा कल्पवृक्ष लगाएका छन् । काफ्लेले जो कसैको विशेष दिनमा सम्झनास्वरूप कल्पवृक्ष र शीतलचिनीको बिरुवा उपहारस्वरूप दिने गरेको समेत बताए ।

उनले सुरु गर्नुभएको शीतलचिनीको बिरुवा बाँड्ने अभियान संसारभर फैलिँदै गएको जनाइएको छ । हरित अभियानकर्मी काफ्लेले नेपालगञ्जका सरकारी कार्यालय, विद्यालय र सडकको ग्रिनबेल्टमा शीतलचिनीका हजारौँ बिरुवा लगाएर बाँकेलाई हरियाली बनाएका छन् ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?