Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

थारु संस्कृतिलाई जगेर्ना गर्न सङ्ग्रहालय बनाइने


खजुरा,बाँके। बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुर जिल्लामा माघी पर्वका अवसरमा नाचगान, विभिन्न मनोरञ्जनात्मक कार्याक्रम, झाँकीलगायतका कार्यक्रम भइरहेका छन् ।

सोही अवसरमा सोमबार ‘माघी मिलन कार्यक्रम–२०८०’ गरिएको छ । थारु सांस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ–५ छमनियाँ बाँकेद्वारा आयोजित कार्यक्रममा थारु संस्कृतिलाई जगेर्ना गर्नमा जोड दिइएको छ ।

उक्त कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले गाउँपालिकाले थारु समुदायको हक अधिकारका लागि प्रतिबद्धता रहेको जनाउँदै स्वर्गीय बैजनाथ थारुको सम्मानार्थ गाउँपालिकाले थारु सङ्ग्रहालय निर्माण गर्ने बताएका छन् ।

अध्यक्ष शाहीले आफ्नो कार्यकालभित्रै गाउँपालिकामा सङ्ग्रहालय निर्माण गरेर त्यहाँ थारु कला, संस्कृतिका साथै स्वर्गीय बैजनाथ थारुको जीवनीबारे जानकारीमूलक सामग्री राखिने जानकारी दिए । उनले भने,“थारु सङ्ग्रहालय निर्माण गर्नका लागि मैले जुन कुराको प्रतिबद्धता गरेको छु, त्यो म आफ्नो कार्यकालभित्र पूरा गर्छु, ।”

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका जिल्ला संयोजक चन्तराम थारुले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको लडाइँमा थारु समुदायको योगदान रहेको चर्चा गर्दै नयाँ वर्षका रुपमा रहेको माघी पर्व थारु समुदायको पौराणिक संस्कृतिसँग जोडिएको विशेष पर्व भएको आँैल्याउदै थारु कल्याणकारिणीसभा बाँकेका अध्यक्ष विनोद थारुले माघी पर्व सद्भावसँग जोडिएको विशेष पर्व भएको समेत बताएका छन् ।

‘बहु सांस्कृतिक र बहुधार्मिक विविधता भएको देशमा थारु समुदायको माघी पर्वको छुट्टै खालको विशेषता छ, उनले भने, “आजकै दिनदेखि हाम्रो नयाँ वर्ष सुरु हुन्छ, यो दिनमा हामी नयाँ कामको थालनी गर्छांै, ।” दुई दिनसम्म चल्ने कार्यक्रममा बैजनाथका ३१ गाउँका बड्घरद्वारा थारु मौलिक नाच प्रस्तुत गरिने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?