Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई


महोत्तरी। घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ ।

मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन् भने घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ । मिथिला क्षेत्रका घरघरमा अहिले तील, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, फूपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा रहेको छ ।

“पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ”, बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्छन् , “यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।”

अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ । “माघ लागेपछि बिहानदेखि पारिलो घाम लाग्थ्यो, यसपालि अँध्यारो कुहासा ९हुस्सु०ले अझै छोडेको छैन”, शैलकी छिमेकी दिपियादेवी महतो भन्नुहुन्छ, “यतिबेला छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।”

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम लाग्ने आम अड्कल यसपालि मिलेको छैन । माघे सङ्क्रान्तिका दिन घाम नदेखिएरै बितेको थियो । आज पनि हुस्सुले छोड्ने छाँटकाँट छैन । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि त्यसयता विवाहित चेलीबेटी र मित–मितिनीकहाँ सनेस पठाउन ‘लाइ’ बनाउने गरिन्छ ।

मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठपर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्याउने परम्परा रहेको छ ।


प्रकाशित मिति: २ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?